Logo

प्रमुख समाचार

लोकसेवा अध्यक्षकै भाइ इजलासमा परेपछि ‘हेर्न नमिल्ने’मा, अर्को सुनुवाइ पुसमा



काठमाडौं । न्यायाधीश कुमार रेग्मी संवैधानिक इजलासमा परेपछि ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा फेरि स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा संवैधानिक आयोगहरुमा भएको ५२ जनाको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ पटक-पटक स्थगित हुँदै आएको छ ।

बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा दोस्रो नम्बरमा रहेको यो मुद्दा न्यायाधीश रेग्मीले हेर्न नमिल्ने भएको हो ।

रिटमा विपक्षी बनाइएका ५२ संवैधानिक पदाधिकारीहरुमध्ये लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी पनि एक हुन् । उनी न्यायाधीश कुमार रेग्मीका दाजु हुन् । आफ्नै दाजु विरुद्धको मुद्दा भाइ संलग्न इजलासमा परेपछि ‘हेर्न नमिल्ने’ आदेश भएको हो ।

पुस २०७७ र जेठ, २०७८ मा गरी दुई चरणमा संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक आयोगका पदाधिकारीहरु संसदीय सुनुवाइबिना नै नियुक्त भएका थिए ।

सर्वोच्च अदालतले त्यही विवादका १५ वटा मुद्दालाई १७ पुस, २०८१ मा नयाँ पेशी तोकेको छ ।

प्रकाशित मिति : भाद्र १९, २०८१ बुधबार  ३ : १९ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।