काठमाडौं। नेपाल बीमक संघले कोरोना बीमाको दायित्व भुक्तानीमा आनाकानी गरेको भन्दै सरकारविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ। निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले सरकार विरुद्ध नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार काठमाडौं समेत मुद्दा दायर गरेको हो ।
सरकारले पूर्व प्रतिवद्धता अनुसार कोरोना बीमाको भुक्तानी नदिएको बीमक संघको गुनासो छ । सोही रकम माग गर्दै आइतबार सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । हाल कोरोना बीमाको ११ अर्ब बढी रकम भुक्तानी हुन बाँकी छ ।
बीमक संघका महासचिव अशोक कुमार खड्काले परमादेशसहित दर्ता गराएका रिट निवेदनको पेसी सोमबार भदौ २४ गतेलाई तोकिएको छ। कोरोना कालमा सरकारले साढे ३ अर्ब बढीको दायित्व सृजना भएको खण्डमा आफूले व्यहोर्नेले जनाएको थियो ।
प्रतिवद्धता अनुसार भुक्तानी नपाएपछि मुद्दा दर्ता गराएका हुन् । सरकारले कोरोना बीमाको भुक्तानी नदिँदा समग्र बीमा क्षेत्र नै प्रभावित भएको बीमक संघले जनाएको छ।




















प्रतिक्रिया