Logo

राजनीति

तरुण दलको विधान मस्यौदा संसोधन समितिद्वारा अध्यक्ष गुरुङलाई हस्तान्तरण



काठमाडाैं । नेपाल तरुण दल विधान मस्यौदा संसोधन समितिले तयार पारिएको विधान दलको अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तरण गरेकाे छ ।

साेमबार केन्द्रिय कार्यालय रवि भवनमा एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हाे ।

दलको केन्द्रिय समितिको २०८०/१२/१५ र १६ गते बसेको बैठकले विधान मस्यौदा समिति गठन गर्ने अधिकार अध्यक्ष गुरुङलाई दिएको थियाे ।

अध्यक्ष गुरुङले दलको केन्द्रिय सदस्य धनराज तुम्बाहाम्फेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका थिए ।

नेपाल तरुण दलको केन्द्रिय सदस्य कृष्ण रिजाल, मुना भुषाल, विबेक न्यौपाने र लोकहरी पौडेल समितिको सदस्यको रुपमा रहेका थिए । कार्यालय मुख्य सचिव ठानप्रसाद पोखरेल समितिको सदस्य सचिवको रुपमा रहेका थिए ।

विधान संसोधन मस्यौदा समितिले आन्तरिक गृहकार्य गरी सात ओटै प्रदेशको केन्द्रिय सदस्यरुसँग राय सुझाव संकलन गरेका थिए ।

अधिकतम साथीहरुको भावनालाई समेटेर विधान तयार पारिएको संयोजक तुम्बाहाम्फेले जानकारी दिए । नेपाल तरुण दल अध्यक्ष गुरुङले विधान मस्यौदा संसोधन समितिलाई आफ्नो कार्यभार जिम्मेवारीपुर्ण र सफलतापुर्वक सम्पन्न गरेकोमा धन्यवाद दिए ।

यथा शिघ्र दलको केन्द्रिय समितिको बैठक डाकी विधान पारित गरिने कुरा अध्यक्ष गुरुङले बताए ।

आजको कार्यक्रममा उपत्यकामा उपस्थित तरुण दल केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्षहरुको उल्लेख्य उपस्थिति रहेको थियाे ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १५:३४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।