सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ बीच सहकार्य भएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रम मार्फत पिछडिएका बर्गको साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सहयोग गर्ने गरी सम्झौता गरेको हो ।
उक्त सहमतिपत्रमा कम्पनीको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रतन लाल केडिया र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष राजेन्द्र मान शेरचनले हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा कम्पनीको तर्फबाट सञ्चालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ तर्फबाट अन्य पधाधिकारीको उपस्थिती थियो ।
सहमति अनुसार कम्पनीले उक्त संस्थालाई ५ लाख रुपैयाँ प्रदान गर्नेछ । उक्त रकम मध्ये २.५ लाख रुपैयाँ शौचालय निर्माण गर्न र बाँकी रकम संस्थाको विभिन्न रोटरी क्लबहरु मार्फत देशका सामुदायिक तथा सार्वजनिक स्कुलहरुमा सञ्चालन हुने टीइएसीएच कार्यक्रम अन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिने छ ।
सो कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष केडियाले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको सामाजिक विकासको बिभिन्न क्षेत्रमा योगदान दिन सदैब तत्पर रहेको बताए ।
कम्पनीले १७० शाखा तथा उपशाखाहरु, ५० हजारभन्दा बढी अभिकर्ताहरु तथा १८ वटा योजनाहरु मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख ५० हजारभन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरेका छन्।




















प्रतिक्रिया