काठमाडाैं । महिला परराष्ट्र मन्त्रीहरूको सम्मलेनमा सहभागी हुन परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा जाने भएकी छन् ।
क्यानडाको टोरेन्टोमा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरू (वीमेन फरेन मिस्टर्स)को बैठकमा सहभागी हुन उनी मंगलबार क्यानडा जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा विश्वभरका २० जना महिला पराष्ट्रमन्त्रीहरूको सहभागिता हुँदैछ ।
उनी क्यानडाबाट संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानेछिन् ।




















प्रतिक्रिया