काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले संविधान दिवसकाे अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘आज दसौं संविधान दिवस । २०७२ साल असोज ३ गते संविधान जारी भएको ९ वर्ष पूरा भएर दस वर्ष प्रवेशको अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ । यस अवसरमा म देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनिहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
त्यस्तै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न विभिन्न आन्दोलनहरुमा ज्यान गुमाएका शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले भने ‘यस दौरान लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न विभिन्न आन्दोलनहरुमा ज्यान गुमाउनु भएका ज्ञात अज्ञात शहिदहरुप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । वर्तमान संविधानले विभिन्न जात, धर्म, लिङ्ग र समुदायको प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । यद्यपि आपसि समझदारिमा संविधानको केही बुदाहरु संसोधन गर्नु पर्ने देखिएको छ ।’
अध्यक्ष गुरुङले नेपाली काङ्ग्रेसको नेतृत्वमा संविधान जारी भएको भन्दै जिम्मेवार ढङ्गले आ-आफ्नो स्थानबाट दिवस मनाउन पनि अनुरोध गरेका छन् । ‘नेपाली काङ्ग्रेसको नेतृत्वमा संविधान जारी भएकोले हामी हरु बढी जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्छ । आज आ-आफ्नो स्थानबाट दिपावली गरि संविधान दिवस मनाउन अनुरोध गर्दछु ।’, अध्यक्ष गुरुङले भनेका छन् ।




















प्रतिक्रिया