Logo

राजनीति

तरुण दल अध्यक्ष विद्वान गुरुङ हङकङ जाँदै



काठमाडाैं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङ हङकङ जाने भएका छन् । उनी नेपाली जनसम्पर्क समिति हङकङको १३औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्न भाेलि (असोज १२ गते) हङकङ जाने लागेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदुरपश्चिम शभापति एवं प्रतिनिधिसभा सदस्य वीर बहादुर बलायर र विशेष आतिथ्यको रुपमा कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष गुरुङ हङकङ जान लागेका हुन् । उनीहरु नेपाल एयरर्लाइन्सको जहाजबाट बिहान ११ बजे हङकङ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १६:४३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।