Logo

प्रमुख समाचार

कांग्रेसको सय दिने विशेष अभियान स्थगित



काठमाडौं । नेपाली कांग्रेसले सय दिने विशेष अभियानलाई दशैंपछि गर्ने गरी सारेको छ ।

७ असोजदेखि तय भएको अभियान कोजाग्रत पूर्णिमा पछि सुरु गर्ने गरी स्थगित गरिएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी गराए ।

बाढीपहिरो प्रभावितहरूलाई राहत, उद्धार कार्यमा लाग्नुपर्ने भएकाले अभियान सारिएको महतले बताए । ‘राहत र उद्धार कार्यमा संलग्न हुनुपर्ने भएकाले त्यतैतिर सम्पूर्ण शक्ति लगाउने निर्णय गरिएको छ,’ महतले भने ।

संगठन सुदृढीकरणका लागि ७ असोजबाट १६ पुससम्म सञ्चालन गर्ने गरी अभियानको घोषणा गरिएको थियो । कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम पनि स्थगित गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आईतवार १३:१७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।