काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताए ।
बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले व्यवसायी मिनबहादुर गुरूङले १० रोपनी १४ आना जग्गा सहयोग गर्न चाहेपछि एमालेले सहर्ष स्वीकार गरेको बताएका हुन् ।
महासचिव पोखरेलले मिनबहादुरसँग सहयोग लिँदा एमालेले कुनै सम्झौता नगरेको पनि बताए । ‘मीनबहादुर गुरूङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लगेको कीर्तिपुरको जग्गाको कुनै साइनो छैन,’ उनले भने ।




















प्रतिक्रिया