Logo

प्रमुख समाचार

रवि लामिछानेका समर्थक काठमाडौंमा पनि प्रदर्शनमा उत्रिए, मुख्य नेताहरू पोखरामा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरु काठमाडौंमा पनि प्रदर्शनमा उत्रिएका छन् । आफ्नो पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेलगत्तै सो दलका नेता तथा कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

लामिछानेलाई काठमाडौंको पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ गरी सिआईबीको टोलीले हिजै राति पोखरा लगेको थियो । पोखरामा प्रदर्शन सुरु भएसँगै यता काठमाडौंमा पनि प्रदर्शन गरिएको हो । रविका कार्यकर्ताहरुले सभापतिलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

काठमाडौंमा भने रविका समर्थकहरु माइतीघर मण्डलामा भेला भएका थिए । रास्वपाका मुख्य नेताहरु भने हिजै राति पोखरा पुगेका हुन् । उनीहरु आज पोखरामा आयोजित विरोध प्रदर्शनपछिको कोणसभामा सम्बोधन गरिरहेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार १७:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।