काठमाडौं । सरकारले १०० दिनको प्रगति विवरण आज सार्वजनिक गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्दैछन् ।
नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो ।
सय दिने प्रगति विवरण सार्वजनिक गर्नुअघि अहिले सत्तारुढ दलको बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्रीसहित बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी छन् ।




















प्रतिक्रिया