Logo

प्रमुख समाचार

रवि लामिछानेका समर्थकले राज्यका तटस्थ निकायहरूलाई आतङ्कित र त्रसित बनाउन खोजे : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले हुल–हुज्जत र सडक प्रदर्शन गरेर न्यायिक प्रक्रियामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरूलाई आतङ्कित तथा त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने गतिविधि गरिरहेको आरोप लगाएको छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बुधबार जारी गरेको विज्ञप्तिमा लामिछानेका समर्थकको क्रियाकलापप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरूपणको कार्यलाई वाधा पुर्‍याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल पुर्‍याउने गतिविधि प्रति नेपाली कांग्रेस गम्भीर आपत्ति व्यक्त गर्दै भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

कानुन सबैका लागि समान हुने र हुनु पनि पर्ने कांग्रेसको भनाइ छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको कांग्रेसको निष्कर्ष छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार १५:३०   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।