Logo

शेयर बजार

फस्र्ट माइक्रोफाइनान्सको साधारण सभा मंसिर १८ गते



फस्र्ट माइक्रोफाइनान्सले लघुवित्त वित्तीय संस्थाले मंसिर १८ गते साधारण सभा गर्ने जनाएको छ । सोही अनुसार बुक क्लोजको समय पनि तय गरेको छ । 

संस्थाले आगामी साधारण सभाको लागि मंसिर ५ गते सेयरधनी दर्ता किताब–सेयर दाखिल खारेज दताए बन्द हुने जनाएको छ ।

संस्थाले मंसिर १८ गते हुन लागेको संस्थाको साधारण सभा ११ औं बार्षिक साधारणसभा हो । उक्त सभामा संस्थाले लगानीकर्तालाई १३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाले लगानीकर्तालाई ९.५० प्रतिशत बोनस र करसहित ४.१८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाको साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले पाउने छन् । संस्थाले दिने लाभांश मंसिर ४ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै पाउने छन् ।

 

प्रकाशित : २३ कार्तिक २०७७, आइतबार