Logo

अर्थ

सूर्य ज्योति लाइफद्धारा बिमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत



काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्सले नेपाल बिमा प्राधिकरणबाट आर्थिक वर्ष २०८०/८१ को बिमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गरेको छ  ।

कम्पनीले प्राधिकरणबाट जारी आरबीसी (रिस्क बेस्ड क्यापिटल) निर्देशिकालाई पालना गरी आरबीसी स्वीकृत गर्ने र बिमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गराउने पहिलो कम्पनीसमेत रहेको दाबी गरेको छ  ।

कम्पनीले बिमा लेखमा दिइने बोनससमेत सार्वजनिक गरेको छ । कम्पनीले सार्वधिक तथा आजीवन जीवन बिमा योजनामा न्यूनतम ४० देखि ७५ र अग्रिम भुक्तानी जीवन बिमा योजनामा न्यूनतम ४२ देखि ६० रुपैयाँसम्म बोनस दर दिने विज्ञप्तिमार्फत जानकारी दिएको छ  ।

कम्पनीले चौरासी पूजा जीवन बिमा योजनामा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनस दिने जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार ११:२१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।