काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले पुस ६ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा, बिग होटल विराटनगरमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । सभा प्रयोजनका लागि मंसिर २१ गते बुक क्लोज हुनेछ ।




















प्रतिक्रिया