Logo

अर्थ

सिटिजन लाइफ वीमेन्स फोरमद्वारा लैङ्गिक हिंसासम्बन्धी कार्यक्रम आयोजना



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकउत्सवको अवसरमा ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरु माथि छलफल गर्ने र समस्याहरु देखिएमा समाधान प्रदान गर्न आवश्यक भुमिका खेल्ने उद्देश्यले गठन गरिएको यस फोरमले पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।

अहिले विश्वव्यापी रूपमा चलिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै शुक्रबारको दिन कम्पनीको प्रधान कार्यालयमा “हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको ऐक्यबद्धता” को विषयमा कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको मूख्य श्रोत व्यक्तिको रूपमा राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्यालको उपस्थिती रहेको थियो ।

अर्यालले लैङ्गिक हिंसाको प्रकार, कार्यस्थलमा हुने लैङ्गिक हिंसा, र व्यावसायिक संस्थाहरूले अपनाउनु पर्ने कानुनी व्यवस्थाबारे विस्तृत रूपमा प्रशिक्षित गरिन् । उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाइन मार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई लैङ्गिक हिंसा विरुद्ध ऐक्यबद्धता भएर काम गर्न अर्यालले प्रोत्साहन समेत गरिन् । उक्त कार्यक्रममा अर्यालले, लैङ्गिक हिंसा महिलाहरु माथि मात्र नभइ पुरुषहरुमाथि पनि हुने भएको र यसबारे कसरी बच्ने र भएको खण्डमा कसरी कानुनी रुपमा अघि बढ्ने भन्ने बारेमा पनि जानकारी दिइन् ।

फोरमकी संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाहरूको भूमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउँदै लैङ्गिक हिंसाको पीडितलाई आवाज उठाउन अनुरोध गरिन् । त्यस्तै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बिसीले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्राथमिकता रहेको जनाए ।

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार १५:५८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।