Logo

सुरक्षा / अपराध

पटाका सहित पक्राउ तथा बरामद  



सुनसरी, भोक्राहा नर्सिङ गाउँपालिका४ चिरौली चोकबाट ५ बन्डल कोब्रा पटाका सहित सोही गाउँपालिका–७ बस्ने १९ वर्षीय युवराज यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनले २ वटा साइकलमा ल्याउँदै गरेको उक्त पटाका सहित प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । 

नवलपरासी(पूर्व), पाल्हिनन्दन गाउँपालिका–४ लुटपुरवाबाट अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिब ४५ हजार ३ सय ८० रुपैयाँ बराबरको पटाका आइतबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरीलाई देखेर मोटरसाइकलमा सवार व्यक्तिले झोलामा फाली फरार भएपश्चात झोला जाँच गर्दा उक्त पटाका फेला पारी प्रहरीले बरामद गरेको हो ।

मोरङ, सुनवर्सी नगरपालिका–८ रम्ना टोलबाट अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याँउदै गरेको करिब २० हजार मूल्य बराबरको ७ बण्डल ३ सय ५० प्याकेट कोब्रा किङ्ग पटाका र ३ बण्डल १ सय ५० प्याकेट टर्की पटाका शनिबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त पटसका सोही ठाँउमा छाडी अपरिचित व्यक्ति फरार भएपश्चात उक्त पटाका प्रहरीले बरामद गरेकोहो । 

प्रकाशित : २३ कार्तिक २०७७, आइतबार