Logo

अर्थ

एक हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो तोलामा एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ९३० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलवार ११:२६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।