Logo

प्रमुख समाचार

यी ६ जिल्लाका सीडीओ फेरिए, को कहाँ ?



काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका सीडीओको सरुवा गरेको छ ।

कञ्चनपुर, स्याङजा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुलाका सीडीओको फेरिएका हुन् ।

कञ्चनपुरमा लक्ष्मण ढकाल, अर्घाखाँचीमा वेद प्रसाद खरेल, स्याङजामा ईश्वरी प्रसाद अर्याल, लमजुङमा माधव प्रसाद पोखरेल, प्यूठानमा दीपक नेपाल तथा दार्चुलामा अनिल पौडेललाई सीडीओका रुपमा खटाइएको छ ।

कञ्चनपुरका नारायण प्रसाद सापकोटा, स्याङजाकी सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्ध गुरुङ, प्यूठानकी रमा सुवेदी र दार्चुलाका यज्ञराज जोशीलाई गृहमा तानिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार २२:०२   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।