Logo

वागमती प्रदेश

प्रहरी चौकी झिल्टुङ नुवाकोटको नवनिर्मित भवनहरू उद्‍घाटन



प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रहरी चौकी झिल्टुङ नुवाकोटको नवनिर्मित कार्यालय, ब्यारेक, भान्सा र शौचालय भवनको मंगलबार आयोजित एक कार्यक्रम बीच उद्‍घाटन गरेका छन् । साथै उनले नवनिर्मित भवनहरुको निरीक्षण समेत गरे। 
उक्त अवसरमा मन्त्री जम्कट्टेलले भवन निर्माणमा निस्शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरु तथा भवन निर्माण कार्यमा सहयोगी भूमिका निर्वाह गर्ने महानुभावहरुलाई प्रशंसापत्र प्रदान गरे। 
सो अवसरमा नुवाकोट बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेल, नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले शुभकामना मन्तव्य दिएका थिए। 
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका हुन्। 
प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको १ करोड ८२ लाख ३५ हजार ३ सय ७४ रुपैयाँ ३३ पैसाको आर्थिक सहयोगमा उक्त भवन निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार