Logo

बागमती प्रदेश

३७ जना फरार अभियुक्तहरु पक्राउ



मकवानपुर जिल्ला प्रहरीले गत ५ दिनमा ३७ जना फरार अभियुक्तलाई पक्राउ गरेर सार्बजनिक  छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत शनिबारदेखि बुधबारसम्ममा विभिन्न अपराधमा संलग्न रही फरार भएका ३७ व्यक्तिलाई पक्राउ गरिएको बताएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम्  डीएसपी इन्द्रबहादुर रानाका अनुसार जिल्ला अदालत मकवानपुरले समेत विभिन्न मितिमा दोषी करार गरी सजायको फैसला गरिसकेका अभियुक्तहरु रहेका छन् । 

पक्राउ परेकाहरुलाई कैद तथा जरिबाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुर उपस्थित गराइएको छ । उनीहरुको ८ बर्ष ५ महिना १५ दिन कैद र ८० हजार ७५ रुपैयाँ जरिवाना रहेको प्रहरीले बताएको  छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।