काठमाडौं । विश्वव्यापी ईभी नवप्रवर्तक एक्सपेङले आफ्नो अन्तर्राष्ट्रिय विस्तार रणनीतिलाई अझ गति दिँदै यस वर्षकै अन्त्यसम्म ६० देशमा आफ्नो उपस्थिति पुर्याउने र ३०० भन्दा बढी सेवा केन्द्रहरू स्थापना गर्ने लक्ष्य अघि सारेको छ ।
यो महत्वाकांक्षी योजनाले एक्सपेङको मूल दृष्टिकोण–‘विश्वभर प्रिमियम विद्युतीय मोबिलिटी सहज रूपमा उपलब्ध गराउने’–लाई अझ मजबुत ढंगले प्रस्तुत गर्दछ, जहाँ नेपाललाई विशेष प्राथमिकतामा राखिएको छ ।
सन् २०१४ मा स्थापना भएको एक्सपेङले अत्याधुनिक प्रविधि, तीव्र चार्जिङ सुविधा र स्मार्ट ड्राइभिङ प्रणालीका कारण छोटो समयमा नै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाएको छ ।
कम्पनीका सिइओ हे सिआओपेंगले हालै दिएको वक्तव्यमा, सन् २०३३ सम्म कम्पनीको कुल बिक्रीमध्ये आधा हिस्सा अन्तर्राष्ट्रिय बजारबाट हुने प्रक्षेपण गर्दै, “आगामी स्मार्ट मोबिलिटी युगको नेतृत्व गर्ने एक्सपेङको महत्वाकांक्षा प्रष्ट पारे ।
नेपालका लागि यो विस्तारले विश्वसनीय सेवा, छिटो प्रविधि अपडेट, र युरोप तथा एशियामा उपलब्ध समानस्तरको विश्वस्तरीय ईभी अनुभव ल्याउनेछ । एक्सपेङ जी ६ जस्ता मोडेलहरूले नेपाली बजारमा डिजाइन र प्रदर्शनको नयाँ मानक स्थापित गरिसकेका छन्, जसले नेपाली उपभोक्तालाई विश्वव्यापी प्रविधि र गुणस्तरसँग प्रत्यक्ष रूपमा जोडेका छन् ।
संसारभर विद्युतीय यातायाततर्फको यात्रामा, एक्सपेङको बढ्दो अन्तर्राष्ट्रिय उपस्थितिले कम्पनीलाई मात्र सफलताको शिखरमा पुर्याउने छैन, यसले नेपालकै विद्युतीय मोबिलिटी यात्रामा पनि महत्वपूर्ण टेवा पुर्याउनेछ ।




















प्रतिक्रिया