Logo

अर्थ

बीमकको लगानी सम्बन्धी निर्देशन जारी, अब सुरक्षित र पारदर्शी लगानीमा जोड



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको लगानी व्यवस्थापनलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । यो निर्देशन जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरूमा लागू हुनेछ ।

प्राधिकरणले मंगलबार जारी गरेको निर्देशन अनुसार अब बीमकले आफ्नो ‘लगानी नीति’ सञ्चालक समितिबाट स्वीकृत गराएर कार्यान्वयन गर्नुपर्नेछ। निर्देशनले बीमकलाई सरकारी सुरक्षण पत्र र राष्ट्र बैंकको ऋणपत्रमा लगानी गर्न छुट दिएको छ ।

मुख्य व्यवस्था अनुसार:
बीमकले कुल लगानीको ५ प्रतिशतभित्र कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सहायक कम्पनीमार्फत लगानी गर्न सक्नेछन्, तर प्राधिकरणको पूर्वस्वीकृति आवश्यक हुनेछ।
सहायक कम्पनीमा बीमक सञ्चालक वा तिनका परिवारको प्रत्यक्ष संलग्नता निषेध गरिएको छ।
घरजग्गा क्षेत्रको लगानी हरेक ३ वर्षमा मूल्याङ्कन गर्नुपर्नेछ।
बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा तिनले पूँजीकोष सम्बन्धी मापदण्ड पूरा गरेको हुनुपर्नेछ।
बीमकले ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्नुपर्नेछ जसको नेतृत्व अनुभवी उच्च कर्मचारीले गर्नेछ।
जीवन बीमा र लघु जीवन बीमा पोर्टफोलियोको कोष छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ।
बीमकले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त संस्थामा राखिएको मुद्दती निक्षेप प्राधिकरणको नाममा एअरमार्क गर्नुपर्नेछ।
त्रैमासिक लगानी विवरण IRMIS पोर्टलमार्फत सात दिनभित्र पेश गर्नुपर्नेछ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार ११:४७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।