Logo

अर्थ

इटहरीमा दिपलको विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम हुने



काठमाडाैं । इभी ब्रान्ड दिपलले शुक्रबारदेखि इटहरीमा चार दिने विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम सुरु गर्ने भएको छ ।

उद्घाटन हुन लागेको नयाँ शोरुममा भदौ २० देखि २३ गतेसम्म ग्राहकहरूले दिपलका अत्याधुनिक इभी मोडेल टेस्ट ड्राइभ गर्ने र दिपलका मानव रोबोट अनुभव गर्ने अवसर पाउनेछन् ।

कार्यक्रममा दिपल एस–०७ आइसिए, एल–०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी इ–०७, अल्ट्रा–लक्जरी अवतार ११ तथा अटोबजारमा चर्चित नयाँ एस–०५ जस्ता मोडल उपलब्ध हुनेछन् ।

एक्सचेन्ज योजनामा ग्राहकहरूले पुरानो सवारीको उच्चतम मूल्यांकनका साथै निश्चित मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स, इन्सुरेन्स र ट्राभल चार्जर पाउनेछन् ।

शोरुममा दिपलका ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिनेछन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १७:११   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।