काठमाडाैं । इभी ब्रान्ड दिपलले शुक्रबारदेखि इटहरीमा चार दिने विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम सुरु गर्ने भएको छ ।
उद्घाटन हुन लागेको नयाँ शोरुममा भदौ २० देखि २३ गतेसम्म ग्राहकहरूले दिपलका अत्याधुनिक इभी मोडेल टेस्ट ड्राइभ गर्ने र दिपलका मानव रोबोट अनुभव गर्ने अवसर पाउनेछन् ।
कार्यक्रममा दिपल एस–०७ आइसिए, एल–०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी इ–०७, अल्ट्रा–लक्जरी अवतार ११ तथा अटोबजारमा चर्चित नयाँ एस–०५ जस्ता मोडल उपलब्ध हुनेछन् ।
एक्सचेन्ज योजनामा ग्राहकहरूले पुरानो सवारीको उच्चतम मूल्यांकनका साथै निश्चित मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स, इन्सुरेन्स र ट्राभल चार्जर पाउनेछन् ।
शोरुममा दिपलका ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिनेछन् ।




















प्रतिक्रिया