काठमाडौं । जेनजी आन्दोलनका कारण देशभर जिउधन र सम्पत्तिमा भएको क्षतिप्रति महालक्ष्मी विकास बैंकले गहिरो दुःख प्रकट गरेको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत बैंकले गरेको छ ।
विज्ञप्तिमा घटनाक्रमका क्रममा सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति पनि दुःख व्यक्त गरिएको छ ।
साथै शुरु भईसकेको सरकार गठनको प्रक्रिया चाँडै टुंगिने तथा त्यसले मुलुकको असामान्य अवस्थालाई शीघ्र सामान्य बनाउँदै शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायीत्व र सुरक्षाको प्रत्याभूती गर्ने दिशामा सफल हुने विश्वास बैंकले लिएको छ ।
यसैबीच, बैंकको लेकसाइड, पोखरा शाखा रहेको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाएको छ । उक्त शाखाबाट प्रवाह हुने सेवा भने नजिकका शाखा कार्यालयमार्फत लिन सकिने जानकारी दिइएको छ ।
लेकसाइड शाखा बाहेक बैंकका अन्य १०२ शाखा कार्यालय पूर्ण रूपमा सञ्चालनमा रहेको र सम्पूर्ण डिजिटल सेवाहरू सुरक्षित रुपमा सञ्चालन भइरहेका बैंकले जनाएको छ ।





















प्रतिक्रिया