काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेन–जी आन्दोलनका क्रममा केही बैंक शाखा र एटिएममा आक्रमण भए पनि बैंकिङ प्रणाली भने सुरक्षित रहेको बताएका छन् ।
अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहणपछि बोल्दै गभर्नर पौडेलले ६८ बैंक शाखा र ६९ एटिएममा असर परे पनि सिस्टमहरू सामान्य अवस्थामा रहेको स्पष्ट पारे ।
गभर्नर पौडेलले अहिले सबैको मनोबल घटेको अवस्थामा आत्मविश्वास जगाउनुपर्ने आवश्यकता औंल्याउँदै अनुभवी अर्थमन्त्री आएपछि काम गर्न सहज हुने विश्वास व्यक्त गरे ।




















प्रतिक्रिया