Logo

अर्थ

आन्दोलनका कारण बैंकका ६८ कार्यालयमा क्षति, बैंकिङ सिस्टममा छैन समस्या



काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेन–जी आन्दोलनका क्रममा केही बैंक शाखा र एटिएममा आक्रमण भए पनि बैंकिङ प्रणाली भने सुरक्षित रहेको बताएका छन् ।

अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहणपछि बोल्दै गभर्नर पौडेलले ६८ बैंक शाखा र ६९ एटिएममा असर परे पनि सिस्टमहरू सामान्य अवस्थामा रहेको स्पष्ट पारे ।

गभर्नर पौडेलले अहिले सबैको मनोबल घटेको अवस्थामा आत्मविश्वास जगाउनुपर्ने आवश्यकता औंल्याउँदै अनुभवी अर्थमन्त्री आएपछि काम गर्न सहज हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १६:०८   :  बजे

228
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।