Logo

अर्थ

हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण



काठमाडाैं । हिमालयन बैंक लिमिटेडले चाबहिल शाखा स्थानान्तरण गरेको छ ।

बैंकले नजिक भएका शाखा सञ्जालहरु मध्ये चाबहिल –२ शाखालाई स्थानान्तरण गरी एन एल कम्प्लेक्स, काठमाण्डौ महानगरपालिका वडा नं ०२, बालुवाटारबाट आज असोज २ गतेदेखि बालुवाटार शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका हुन् ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम ८ हजार भन्दा बढी पीओएस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १५:२४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।