काठमाडौं । सुनको मूल्य साढे २ लाख नाघेको छ । आज सुन तोलामा २ हजार रुपैयाँ मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो ।




















प्रतिक्रिया