Logo

अर्थ

जेष्ठ नागरिकलाई हवाई भाडामा ८० प्रतिशत छुट



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वरिष्ठ नागरिकहरूको लागि आन्तरिक हवाई भाडामा विशेष छुटको व्यवस्था गरेको छ । आज जारी गरिएको विज्ञप्तिमा प्राधिकरणले विभिन्न उमेर समूहका नागरिकहरूलाई भाडामा उल्लेखनीय छुट प्रदान गर्ने निर्णय सार्वजनिक गरेको हो ।

प्राधिकरणले जारी गरेको निर्देशनअनुसार ७० वर्षभन्दा माथिका नेपाली नागरिकहरूलाई सरकारद्वारा तोकिएको विशेष अवस्थामा टिकटमा पूर्ण ५० प्रतिशत छुट प्रदान गरिनेछ ।

त्यस्तै, ७५ वर्षभन्दा माथि उमेर समूहका नागरिकहरूलाई ७० प्रतिशत छुट र ८० वर्षभन्दा माथि उमेर समूहका नागरिकहरूलाई ८० प्रतिशत छुट व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

यस्तै, जुनसुकै उमेर समूहका फरक क्षमता भएका नागरिकहरूलाई यातायातको सन्दर्भमा समेत उपरोक्तानुसारकै न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुनेगरी व्यवस्था गरिने प्राधिकरणले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १६:५१   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।