काठमाडौं । देशको आर्थिक अवस्था र बजारको घट्दो तरलताको प्रभाव वाणिज्य बैंकहरूको नाफामा प्रत्यक्ष देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्म वाणिज्य बैंकहरूको समग्र नाफामा गिरावट आएको छ ।
यस अवधिमा २६ वटा वाणिज्य बैंकहरूले जम्मा १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको १६ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ भन्दा कम हो ।
यस अवधिमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले नाफा कमाएको छ । यस बैंकले भदौ मसान्तसम्ममा १ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएको छ । यस बैंकको नाफा गत आवको तुलनामा ७.२६ प्रतिशतले घटेको छ ।
त्यस्तै, नविलको नाफा पनि १५.१७ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २६ करोड रुपैयाँ नाफा कमाउँदा कुमारी बैंकले १ अर्ब ५ करोड ६९ लाख रुपैयाँ कमाएको छ । प्राइम बैंकले १ अर्ब ४ करोड ६७ लाख रुपैयाँ कमाएको छ भने एनएमबीले १ अर्ब ३ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।
वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम नाफा नेपाल एसबिआई बैंकको रहेको छ । यस बैंकले यस अवधिमा ३५ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, हिमालयन बैंकले ३७ करोड ७ लाख, माछापुच्छ्रेको ४८ करोड २० लाख र एनआईसी एशिया बैंकको ४९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।




















प्रतिक्रिया