Logo

अर्थ

सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल



काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न सम्झौता भएको हो ।

सुम्निमा हाइड्रोपावर कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको हो ।

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी सुम्निमा हाइड्रोपावर कम्पनीको तर्फबाट अध्यक्ष आषिश सुवेदीद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सुम्निमा हाइड्रोपावर कम्पनीले भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका भएर बग्ने पिखुवा खोलाको पानीको बहाव सदुपयोग गरी ४.९ मे.वा. क्षमताको माथिल्लो पिखुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार १६:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।