Logo

अर्थ

राहुघाटका दुई जलविद्युत् आयोजना सञ्चालनमा, ८४ मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा



म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकास्थित राहुघाट नदीमा निर्माण भएका दुई जलविद्युत् आयोजना सफलतापूर्वक सञ्चालनमा आएका छन् ।

तुँदी पावर कम्पनीले निर्माण गरेका ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र ४८.५ मेगावाटको अपर राहुघाट आयोजना मिलाएर कुल ८४ मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ ।

१३ अर्ब लागतमा बनेका यी ‘रन अफ द रिभर’ प्रकृतिका आयोजनाबाट उत्पादन भएको विद्युत् तिल्केनीचौरस्थित राहुघाट स्विचयार्डमार्फत प्रणालीमा जोडिएको हो ।

चिमखोला–राहुघाट–मङ्गले आयोजनाले साउन २० गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ भने अपर राहुघाट पनि व्यापारिक उत्पादनमा प्रवेश गरेको छ ।

यी आयोजना सहित राहुघाट क्षेत्रमा ६३.५ मेगावाट क्षमताका थप दुई आयोजना निर्माणको अन्तिम चरणमा छन् । ४० मेगावाटको राहुघाट र २३.५ मेगावाटको माथिल्लो ठूलोखोला आयोजना यसै वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलवार ११:४२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।