काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो ।
अघिल्लो दिन सुन तोलामा ११ हजार ६ सय घटेको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया