काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदी बढेको छ ।
आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया