Logo

अर्थ

सानिमा बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा



काठमाडाैं । सानिमा बैंकले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले कात्तिक २ गतेको साधारण सभाबाट पारित गरेको ७.३६८५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा कात्तिक २ गतेदेखि क्रमानुसार जम्मा गरेको हो ।

मर्जरपश्चात गाभिएका बैंक तथा वित्तीय संस्थाको खाता नम्बर रहेका सेयरधनीहरुको खाता नम्बर परिवर्तन हुने हुँदा त्यस्ता सेयरधनीहरुको लाभांशको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फिर्ता आएको हुँदा यथाशिघ्र आफ्नो परिवर्तित नयाँ खाता नम्बर हितग्राही खातामा अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार ११:०६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।