काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूसँग ब्याजदरसहितको प्रस्ताव आह्वान गरेको छ ।
सूचना अनुसार यो लगानी ३६६ दिन (२०८२ मंसिर २४ देखि २०८३ मंसिर २४ सम्म) का लागि हुनेछ । कुल लगानी रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि सबैभन्दा धेरै २ अर्ब ८ करोड रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरूका लागि ३९ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि १३ करोड रुपैयाँ लगानी गरिनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम र त्यसमा प्रस्ताव गर्ने ब्याजदर खुलाई २०८२ कात्तिक १८ गते साँझ ७ बजेभित्र प्रस्ताव पेस गरिसक्नुपर्नेछ ।




















प्रतिक्रिया