Logo

अर्थ

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६० हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ३ लाख ६० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ ।

संस्थाको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । यो सेयरमा संस्थाका संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन् ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ। यसैगरी लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १०० अंकले भाग जाने गरी आवेदन दिन सकिनेछ।

काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा सेयर खरिदका लागि कात्तिक २३ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १२:०५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।