Logo

अर्थ

जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई अर्थले गर्‍यो १२ करोड ८० लाख निकासा



काठमाडौं । २३ र २४ भदौको आन्दोलनका क्रममा घाइते भएका र मृतकका परिवारको नाममा अर्थ मन्त्रालयले अहिलेसम्म १२ करोड ८० लाख रुपैयाँ निकासा दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार घाइतेलाई तत्काल भैपरी खर्च वापत कुल २ हजार ४२९ जनालाई प्रतिव्यक्ति २० हजारका दरले रकम उपलब्ध गराइएको छ । यस्तो कुल रकम ४ करोड ८५ लाख ८० हजार हुन आउँछ ।

त्यस्तै मृतकका परिवारलाई १५ लाखका दरले सहायता, काजकिरिया, खाना तथा यातायात खर्च उपलब्ध गराइएको छ । अहिलेसम्म कुल ५३ परिवारले यस्तो सहायता पाएका छन् । यो सहायता रकम कुल ७ करोड ९५ लाख रुपैयाँ निकासा दिइएको मन्त्रालयले जनाएको छ ।

नेपाल प्रहरीका लागि १ सय थान पिकअप र ६ थान कैदी बाहन खरिद गर्न ४५ करोड ३० लाख रुपैयाँ थप बजेट उपलब्ध गराउन स्रोत सहमति दिइएको छ ।

सशस्त्र प्रहरी बल नेपालका लागि २० थान पिकअप, २० थान दंगा नियन्त्रक बाहक, २ थान एम्बुलेन्स, ३ थान डिजास्टर रेस्क्यू भ्यान र ५ थान ट्रक खरीद गर्न २३ करोड ५ लाख थप बजेट उपलब्ध गराउन स्रोत सहमति दिइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १५:०५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।