काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२ को विन्दुमा कायम भएको छ ।
आज ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको मूल्य घटेको छ ।
आज ६ अर्ब ५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ३३ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै र्स्टन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया