काठमाडौं । नेपाल जेसीजका अनुभवी र प्रेरणादायी नेता जेसी जीवन कार्कीले वर्ष २०२६ का लागि नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उनी रामेछाप जेसीजको आधिकारिक उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।
कार्कीले आफ्नो उम्मेदवारी अभियानलाई ‘प्रोजेक्ट संकल्प २०२६ — एकताको संकल्प, रूपान्तरणको यात्रा’ नाम दिएका छन्, जसको मूल थीम “लक्ष्य राखौं • कार्य गरौं • सफलता हासिल गरौं” रहेको छ।
उनले जनकपुरमा हुने ५२औं राष्ट्रिय अधिवेशनमा आफ्नो दृष्टि, रणनीति र कार्ययोजना प्रस्तुत गर्ने तयारी गरेका छन्। नेतृत्वको यात्रा : संघर्षदेखि सफलतासम्म रामेछापबाट नेतृत्व यात्रा सुरु गरेका कार्कीले सन् २०१५ मा जेसीज सदस्य बनेका थिए।
उनी क्रमशः २०२१ मा शाखा अध्यक्ष, २०२२ मा राष्ट्रिय उपाध्यक्ष, र २०२३ मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष बनेका छन्। नेपाल जेसीजको ५१औं अधिवेशनमा अध्यक्षका उम्मेदवार बनेका बेला उनले “मन जिते तर मतले हारे” भन्ने उपमा पाएका थिए — जसले उनको इमानदार र प्रेरणादायी नेतृत्वको छवि झल्काउँछ। ‘प्रोजेक्ट संकल्प २०२६’ : एकताको संकल्प, रूपान्तरणको यात्रा कार्कीले आफ्नो अभियानमा एकता, पारदर्शिता, सहकार्य र समावेशितालाई मुख्य आधार बनाएका छन्।
उनका अनुसार, “नेतृत्व केवल पद होइन, जिम्मेवारी र रूपान्तरणको प्रक्रिया हो।” उनले भने, “स्पष्ट लक्ष्य निर्धारण गरेर दृढताका साथ कार्य गरे मात्र साझा सफलता हासिल गर्न सकिन्छ। यही प्रक्रियाबाट संगठन र समाजमा रूपान्तरण सम्भव छ।”
संकल्पका प्रमुख उद्देश्यहरू
संगठनभित्र एकता र साझा दृष्टिकोण स्थापना
पारदर्शिता र जवाफदेहीतालाई संस्थागत बनाउने
युवा नेतृत्व विकास र महिला सशक्तिकरणमा जोड
अध्यायबीच सहकार्य र साझा प्रगति सुदृढ गर्ने
नेपाल जेसीजलाई राष्ट्र निर्माणमा प्रेरक संगठनका रूपमा स्थापित गर्ने




















प्रतिक्रिया