Logo

अर्थ

सिंगटी हाइड्रो इनर्जीकाे लाभांश घाेषणा



काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठक कात्तिक १८ गते (मङ्गलबार) बसेर सो निर्णय गरेको हो।

बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मकाे वितरणयाेग्य मुनाफाबाट लाभांश वापत कम्पनीकाे हाल कायम चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँकाे ५ प्रतिशतका दरले हुन आउने १४ कराेड ५० लाख रूपैयाँ बाेनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

लाभांश स्वरूप वितरण गरिने बाेनस सेयर साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १०:५५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।