काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको सेयर भोलि (बिहीबार)बाट कारोबारमा आउने भएको छ ।
दरमखोला हाइड्रोको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा कुनै पनि कम्पनीको साधारणसभा सेयर सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ । त्यसैले यो कम्पनीको सेयर पनि भोलिबाट कारोबारमा आउने भएको हो ।
नेप्सेमा दरमखोला हाइड्रोको कुल १ करोड ३ लाख ५ हजार कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ६३ लाख ५५ हजार कित्ता (६१.६७ प्रतिशत) र सर्वसाधारणको ३९ लाख ५० हजार कित्ता (३८.३३ प्रतिशत) रहेको छ ।
यो कम्पनीले गत साउन १५ गतेदेखि साउन १९ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री गरेको थियो । आइपीओ बाँडफाँट भने धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा साउन २९ गते गरिएको थियो ।




















प्रतिक्रिया