स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल कार्ड स्विच (NCS) र नेशनल डोमेस्टिक कार्ड स्किम (NDCS) को प्रिन्सिपल मेम्बरसिप सम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा हेड अफ कभरेज, नेपाल श्री गोरख राणा र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
एनसीएचएलले NCS–NDCS पूर्वाधार तयार पार्दै बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरेर नेपालकै आफ्नै डोमेस्टिक कार्ड स्किम NDCS अन्तर्गत कार्ड इस्यूइङ्ग र अक्वायरिङ्ग सेवा सञ्चालनका लागि समन्वय गरिरहेको छ। यस पूर्वाधारको व्यावसायिक सञ्चालनपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकका लागि स्थानीय कार्ड जारी र भुक्तानी स्वीकृति सेवा सुरु गर्न सक्नेछ।
एनसीएचएलद्वारा विकास भइरहेको NCS प्रणालीले विभिन्न कार्ड स्विचहरू बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्ट सहज बनाउनेछ। यसले कार्ड कारोबार लागत घटाउने, डेटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम प्रविधि प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
एनसीएचएलले हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश पीएसओ–पीएसपी, र १०० भन्दा बढी गैर–बैंकिङ सदस्यहरूलाई राष्ट्रिय भुक्तानी प्रणालीमार्फत सेवा दिइरहेको छ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले देशभरका १४ शाखा, ४ विस्तारित काउन्टर र २५ एटीएम टर्मिनलमार्फत अत्याधुनिक डिजिटल बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ।




















प्रतिक्रिया