Logo

अर्थ

सेयर बजारमा ११ अंकको गिरावट, ५ अर्ब ४१ करोडको कारोबार



काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६ को विन्दुमा कायम भएको छ ।

आज ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब ४१ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको ३० करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३० करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै दरमखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १५:१७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।