काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६ को विन्दुमा कायम भएको छ ।
आज ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ ।
आज ५ अर्ब ४१ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको ३० करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३० करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै दरमखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया