काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा एभरेष्ट बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४.५७ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यहीअवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १५ करोड ३२ लाख रुपैयाँ थियो । वितरणयोग्य मुनाफा १५५.२५ प्रतिशतले बढेको छ ।
चालु वर्षको असोजसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ६८ करोड ५५ लाख रुपैयाँमा भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा १ अर्ब ६१ करोड १० लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ४.५९ प्रतिशतले बढेको छ ।
असोजसम्म बैंकले २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब १३ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी १२.३८ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको असोजसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ०.७४ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ०.७७ प्रतिशत थियो ।
चालु वर्षको प्रथम त्रैमाससम्म बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३६.४४ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २५५.६९ रुपैयाँ रहेको छ।




















प्रतिक्रिया