Logo

अर्थ

तोलामा ६ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । आज सुनकाे मूल्य प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार ११:१०   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।