Logo

अर्थ

ग्लोबल आईएमई बैंकको नाफा १ अर्ब ८५ करोड



काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.९ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी सामान्य बढेको छ । यस्तो आम्दानी पहिले ४ अर्ब ११ करोड रहेकोमा अहिले ४ अर्ब १३ करोड रुपैयाँ छ । त्यस्तै फी तथा कमिसन आम्दानी पनि सामान्य बढेको छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले १६.७४ रहेकोमा अहिले १९.५१ रुपैयाँ छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १७९.५० रुपैयाँ छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १२:१२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।